लिटल पिस हेभन इङ्लिस एकेडेमीका विद्यार्थीले मनाए राष्ट्रिय धान दिवस

शुक्रबार, १४ असार २०८१
  इटहरी : इटहरी १९ मा रहेको लिटल पिस हेभन इङ्लिस एकेडेमीका विद्यार्थीले शुक्रवार राष्ट्रिय धान दिवस मनाएका छन् । असार १५ अर्थात् राष्ट्रिय धान दिवस भोलि शनिवार बिदाको दिन भएकाले विद्यार्थीले आजै धान दिवस मनाएका हुन । प्रमुख अतिथि इटहरी १८ का वडा अध्यक्ष रामकुमार चौधरीले भूमि पूजा गरी धान रोपाइ सुरु गरेका थिए । धान रोप्नका लागि स्थानीय पदम बहादुर बस्नेतले जग्गा उपलब्ध गराएको लिटल पिस हेभन इङ्लिस एकेडेमीका शिक्षा निर्देशक नवीन सुबेदीले बताए । परम्परागत ज्ञान र सीपको विकास गराउने उद्देश्यले लिटल पिस हेभन इङ्लिस एकेडेमीले राष्ट्रिय धान दिवस मनाएको स्कुलका प्रिन्सिपल कुसुम राईले बताइन् । राई का अनुसार विद्यार्थीहरूले कक्षा कोठाभित्र किताबको ज्ञान मात्रै पाउने भएकोले व्यवहारिक शिक्षा प्राप्त होस भन्ने उद्देश्यले हिलो खेतमा पुगेर धान रोपाइँ गरी दिवस मनाइएको उनले बताइन् । विद्यार्थीहरूले धान रोप्दै हिलो खेल्दै एक अर्कामा खुसी साटेका छन् । विद्यार्थीहरूले सामाजिक क्रियाकलापका साथ साथै धान रोप्ने विधि, माटोको तयारी, पानी र मलको प्रयोगसहित बिउँको अवस्था, बिउलाई उचित व्यवस्था लगायतका बारेमा व्यवहारिक ज्ञान प्राप्त गरेका छन् । त्यस अलावा सामूहिक भावना र अनेकतामा एकताको सन्देश समेत विद्यार्थीहरूले अनुभव लिएका छन् । विद्यार्थीहरूलाई राष्ट्रिय धान दिवस भनेको के हो रु यो किन मनाइन्छ । आदी विषयमा विद्यार्थीहरूलाई जानकारी दिने हेतुले व्याबहारीक ज्ञानको विकास होस भन्ने उद्देश्यले फिल्डमै लगेर धान रोपिएको लिटल पिस हेभन इङ्लिस एकेडेमीका शिक्षा निर्देशक नवीन सुबेदीले बताए । सो धान रोपाइ कार्यक्रमका लिटल पिस हेभन इङ्लिस एकेडेमीका शिक्षक शिक्षिका , वडा नं १८ का अध्यक्ष रामकुमार चौधरी , रेडक्रस हाशपोसा शाखाका सभापति सुमन दाहाल , धान रोप्नका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता पदम बहादुर बस्नेत , समाजसेवी सूर्यबहादुर थापा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पौडेल लगायत सहभागी भएका थिए । सो अवसरमा स्कुलका विद्यार्थीहरू, शिक्षक–शिक्षिका र उपस्थित सबै अतिथिहरूले रोपाइँसहित दही, चिउरा, चिनी, केरा, आँप खाएका थिए ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार