सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

शनिबार, १० मंसिर २०७९
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् । चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत पाए । निर्वाचित भएका चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा दोस्रोपटक विजयी भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार