एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

बुधबार, २३ साउन २०८१
इलाम / एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । किरात राई यायोक्खाको ३७ औँ स्थापना दिवसको अवसरमा एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । जिल्लाभरीबाट उत्कृष्ट अङ्क ल्याउने १ जना छात्र र १ छात्रालाई स्व. दुर्गामान र स्व. बैनी सन्तमाया राई स्मृति छात्रवृत्ति सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा डम्बरदेवी मावि देउमाई नगरपालिकाका आयुष राई र आदर्श माविकी सेन्चेन राई रहेकी छन् । उनीहरूलाई किरात राई यायोक्खाका केन्द्रीय महासचिव कृष्ण कुमार राई, जिल्ला अध्यक्ष पुष्पा राई लगायतले नगद र प्रशंसा पत्र सहित सम्मान गरेका हुन् । हरेक वर्ष एसइईमा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कृत गरिने गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार