विद्यालयमा इन्स्यानीटर हस्तान्तरण गर्दै डिभिजन वन

मंगलबार, २९ साउन २०८१
इलाम  / डिभिजन बन कार्यालयले विद्यालयमा इन्स्यानीटर वितरण गरेको छ । महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड, मास्क र नेपकिन नष्ट गर्ने इन्यानीटाइजर कोशी प्रदेश सरकारको डिभिजन वन कार्यालयले विद्यालयमा प्रदान गरेको हो । वातावरण प्रदूषण हुन नदिनका लागि प्याड नष्ट गर्ने सो सामाग्री हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठले जानकारी दिए । कोशी प्रदेश सरकारको बजेटबाट खरिद गरी ल्याएको सो उपकरण इलामको आदर्श माध्यमिक विद्यालयमा हस्तान्तरण गरिएको छ । आदर्श माध्यमिक विद्यालयमा १ हजार ७ विद्यार्थी अध्ययन गर्दे आएका छन् । मास्क नेपकिन पनि नष्ट गर्ने सो सामाग्री अमर माध्यमिक विद्यालय बरबोटेमा पनि हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय इलामका अधिकृत गजेन्द्र श्रेष्ठले बताए । डिभिजन वन कार्यालयले जिल्लाका ८ विद्यालयमा सो सामाग्री हस्तान्तरण गर्ने जनाइएको छ । कार्यालयले फोहोर सङ्कलनका लागि डसबिन समेत हस्तान्तरण गरेको छ । वन कार्यालयले इलाम बजार, इलाम नगरपालिका ६ वडा कार्यालय र बरबोटेको बिब्ल्याँटे बजारमा हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार