घट्यो भन्सार कार्यालयको राजस्व 

विहीबार, ३१ साउन २०८१
इलाम : पशुपतिनगर भन्सार कार्यालयले लक्ष भन्दा कम राजश्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०८०/०८१ मा तीन करोड ६८ लाख १५ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । तर सो अवधिमा दुई करोड ७२ लाख ७१ हजार छ सय २१ रुपियाँ मात्र राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख प्रवीण सुब्बा लिम्बूका अनुसार भन्सारबाट कृषिजन्य वस्तु भारत निकासी हुने गरेको छ । त्यस्तै भारतबाट खाद्यान्न लत्ताकपडा लगायतका वस्तु समेत निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा आयात तर्फको भन्सार महसुल, आयात तर्फकै मूल्य अभिवृद्धि कर, अग्रिम आयकर  लगायत गरी उक्त रकम जम्मा भएको कार्यालय प्रमुख लिम्बूले बताए । कार्यालय प्रमुख लिम्बूले नेपाल भारत सीमा क्षेत्रमा आइरहने उतारचढावका कारण भन्सार राजस्व असुलीको लक्ष्यमा पुग्न नसकेको बताए । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई करोड ७१ लाख ८२ हजार ६५ रुपियाँ राजस्व जम्मा भएको थियो । आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/०८१ मा ८९ हजार पाँच सय ५६ रुपियाँ बढी राजस्व उठेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार