इलाम / सन्दकपुर गाउँपालिका ३ मा जडीबुटी सङ्कलन केन्द्रमा सेमिअटोमेटिक कम्प्रेसर मेशिन जडान भएको छ ।
जडीबुटीको धेरै उत्पादन हुने सन्दकपुरमा जडीबुटी प्रशोधनका लागि सेमिअटोमेटिक कम्प्रेसर मेशिन जडान गरिएको हो ।
सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादुर लुङ्गेली, डिभिजन वन कार्यालयका प्रमुख दान बहादुर श्रेष्ठ, वडाध्यक्ष लिल बहादुर बुर्जा, जडीबुटी संस्थाका अध्यक्ष दिनेश सुवेदी सचिव युवराज पौडेल लगायतको उपस्थितिमा जडीबुटी प्रशोधनका लागि सेमिअटोमेटिक कम्प्रेसर मेशिन जडान भएको हो ।
जडीबुटीको प्रशोधन मेसिनको व्यवस्थापनको जिम्मा उच्च पहाडी संस्था नेपाल लिएको छ ।
सन्दकपुर गाउँपालिकाको रोहवरमा मेशिन हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको डिभिजन वन कार्यालय इलामका प्रमुख दान बहादुर श्रेष्ठले बताए ।
मेसिन स्थापना भएपछि जडीबुटी व्यवसायीहरू लाभान्वित हुने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।
साथै सन्दकपुर सब डिभिजन वन कार्यालयको भवन समेत उद्घाटन गरिएको छ ।
प्रतिक्रिया