मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउँछु- ट्रम्प

मंगलबार, ०४ भदौ २०८१
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउँदै उनले चाहेमा उनलाई सल्लाहकार वा मन्त्री बनाउने बताएका छन् । ट्रम्पको भनाईपछि मस्कले एक्समा आफू सरकारको ुडिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीु मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् । टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए । एक्सको स्पेसमा प्रसारण भएको सो अन्तर्वार्ता निकै चर्चित समेत बनेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार