कोरियाबाट सोनुको शव नेपाल ल्याउन रकम सङ्कलन गरिँदै

बुधबार, ०५ भदौ २०८१
इलाम / माई नगरपालिका स्थायी घर भएको सोनु श्रेष्ठको दक्षिण कोरियामा मृत्यु भयो । उनको शव नेपाल ल्याउन खर्च अभाव भए पछि कोरियामा भएका नेपालीहरूबाट खर्च सङ्कलन गरिँदै छ । विद्यार्थीको शव ल्याउन नेपाल सरकारले सहयोग नगर्ने भएपछि सोनुका परिवारजन र कोरियामा रहेका नेपाली खर्चको जोहो गर्न जुटेका हुन् । कोरियास्थित नेपाल सम्पर्क समिति अध्यक्ष हरिप्रसाद खनालले सोनुको शव नेपाल फर्काउन करिब सात लाख रुपैयाँ लाग्ने बताए । उनले अहिले दिनको १२ हजार रुपैयाँ तिरेर अस्पतालमा शव राख्नु परिरहेको बताएका छन् । कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज ९सोनसिक० र त्यहाँस्थित इलामेली समाजले उनको शव ल्याउन खर्चको जोहो गरिरहेको बताइएको छ । ‘आउँदो शुक्रवारसम्ममा उनको शव नेपाल फर्काउने तयारी गरिरहेको अध्यक्ष खनालले बताए । नेपाल सरकारले सहयोग गरिदिए थोरै खर्चमा शव पठाउन सकिने भए पनि सरकारले सहयोग नगरेको बताइएको छ । अहिले अवैध रूपमा बसेका कामदार र विद्यार्थीको मृत्यु हुँदा उनीहरूको शव नेपाल फर्काउन नेपाल सरकारले सहयोग नगर्ने गरेको खनालको भनाइ छ । ‘पढाइको सिलसिलामा छ महिनाअघि कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार