निर्माण व्यवसायी संघ पाँचथरकाे अध्यक्षमा थापा

शुक्रबार, ०७ भदौ २०८१
  पाँचथर /  निर्माण व्यवसायी संघको पाँचथरको एघारौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले पाँचथर निर्माण व्यवसायी सङ्घको अध्यक्षमा बलबहादुर थापा मगरलाई निर्विरोध चयन गरेको हो। विगत लामो समयदेखि पाँचथरमा निर्माण व्यवसाय गदै आएका थापा निर्विरोध रूपमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सन्तकुमार राईले जानकारी दिए। यस्तै, सङ्घको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सूर्य प्रकाश बाँस्कोटा, उपाध्यक्षमा शङ्कर थापा मगर, महासचिव दीपेन्द्र योक्पाङदेन, उपमहासचिवमा पूर्ण आङदेम्बे, कोषाध्यक्षमा देवेन्द्र अधिकारी निर्वाचित भएका छन् । सदस्यहरूमा सुजन नेम्बाङ, शैलेन्द्र कुरुम्बाङ, वीरेन्द्र श्रेष्ठ, डिल्लीकुमार आले, शिव अधिकारी, राजन काफ्ले, नरेन्द्र कुमार फियाक र महिला सदस्यमा देवीकुमारी बाँस्कोटा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार