ताप्लेजुङ / सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङका वडाध्यक्ष बुद्धिप्रसाद दाहालले दोस्रो ताप्लेजुङ गोल्डकपका लागि दुई लाख ५२ हजार प्रदान गरेका छन् ।
दाहालले २ लाख ५२ हजार ५ सय ५ रुपैयाँको चेक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङ र कोषाध्यक्ष निरोज श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
उपबिजेताले टीमले पाउने पुरस्कार रकम प्रायोजन गरेको वडाध्यक्ष दाहालले बताए । यस पटकको गोल्डकपका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।
खेल क्षेत्रको सम्मान तथा विकासका लागि आफूले उक्त सहयोग गरेको दाहालले बताए । दाहाल गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया