कोरियामा मृत्यु भएकी सोनुको शव आयो, आज अन्त्येष्टि गरिने 

आइतबार, ०९ भदौ २०८१
 इलाम : दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीय सोनु श्रेष्ठको शव आइपुगेको छ । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । खर्च अभाव भएपछि कोरियामा नै रहेको शव पठाउन कोरिया स्थित नेपाली विद्यार्थी समाज (सोनसिक) , इलामेली समाज र उल्सन नेपाली समाजले खर्च सङ्कलन गरेका थिए । शव पठाउन छ लाख ८० हजार नेपाली रुपैयाँ खर्च भएको बुझिएको छ । उनको माई नगरपालिकास्थित लक्ष्मी बाँध–पाल्टार जोड्ने माइखोलाको पक्की पुलमुनि दाहसंस्कार गरिने बताइएको छ । विद्यार्थी भिसामै गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार