सङ्गीतकार राम दियालीको निधन

आइतबार, ०९ भदौ २०८१
इलाम / चर्चित वाद्यवादक राम दियालीको निधन भएको छ । आइतबार अपराह्न उनको निधन भएको हो । फोक्सोसम्बन्धी समस्याका कारण ८६ वर्षको उमेरमा उनको निधन हो ।
बिस १९९५ सालमा जन्मिएका उनी २०१२ सालमा भारत दार्जिलिङमा वाद्यवादन सिक्नमा गएका थिए । कवि ०१६ सालमा इलाम फर्किएका थिए । बिचमा केही समय सुनचाँदी व्यवसायमा लागे । तर, पनि संगीतकर्म छाडेनन् ।
सङ्गीतकर्मी सङ्गठित हुनुपर्छ भन्ने सोच रहेका दियालीबाट वाद्यवादनमा इलामले पनि धेरै सिक्न सकेको अग्रज सङ्गीतकारहरू बताउँछन् ।
इलाम नगरपालिका–७ घर भएका दियालीले नेपाली गीत–सङ्गीतमा महत्त्वपूर्ण योगदान दिएका छन् । पूर्वीय सङ्गीतको पाठशालाझैँ रहेको भारत दार्जिलिङमा वाद्यवादन सिकेर इलामलाई समेत आधुनिक र तार बाजाको प्रयोगतर्फ डोर्‍याउनमा दियालीको अतुलनीय योगदान गरेको सङ्गीतकर्मी सम्झिन्छन् ।
दियाली तबला, हार्मोनियम, भायोलिन, मेन्डोलियमलगायत सबै खाले बाजा बजाउन सक्थे ।
आफ्नो सांगीतिकयात्रामा उनले दर्जनौँ पुरस्कार र सम्मान पाएका छन् ।
दियालीका तीन छोरा अहिले सङ्गीतमै क्रियाशील छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार