कोसी प्रदेशसभा बैठक शुक्रबार बस्ने

विहीबार, १३ भदौ २०८१
काठमाडौं : कोसी प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोसी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । यसअघि भदौ १८ मा बैठक बस्ने तय गरिएको थियो । विशेष कारण भन्दै शुक्रबारका लागि बैठक बोलाइएको हो । गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोसी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार