अमेरिकामा अर्का नेपाली मृत फेला

सोमबार, १७ भदौ २०८१
काठमाडौँ । अमेरिकाको मेरिल्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । अमेरिकाको मेरिल्यान्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरूले अमेरिकामा सञ्चालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ । उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन सुरु गरिएको छ । मृत्युको कारण पत्ता नलागेको बताइएको छ । यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार