भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीको निधन

विहीबार, २७ भदौ २०८१
काठमाडौँ । भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीको निधन भएको छ। भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का महासचिवसमेत रहेका यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राज्यसभाका पूर्व सांसद यचुरी लामो समयदेखि अस्वस्थ थिए। उनलाई अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका लागि भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। उनी विगत केहीदिनदेखि एम्सको आईसीयूमा उपचाररत थिए। उनी सन् २०१५ देखि सीपीआईको महासचिव थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार