‘माइती पक्षसित कुनै प्रकारको सहमति नलिई प्रहरीले परिवारलाई शव बुझाएर दाहसंस्कार गर्न दिनु पनि शंकाको आधार हो,’ उनले भने, ‘प्रमाण मेट्न यहाँ पनि पर्याप्त भूमिका खेलेको जस्तो भान हुन्छ ।’ घटनास्थलमा गरिने प्रारम्भिक अनुसन्धानदेखि आरोपी श्रीमान्, भाउजू (जेठानी)लगायत संलग्नलाई पक्राउ गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए ।
मङ्गलबार आफन्तले महिला सञ्जाल इटहरीलाई न्यायिक अपीलका लागि निवेदन दिएपछि पत्रकार, महिला अधिकारकर्मी र आफन्तको टोली इलाका प्रहरी कार्यालय इटहरी पुगेको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पोस्टमार्टमको रिपोर्ट नआएकाले घटनाबारे खुल्न नसकेको बताए । उनले ‘आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी’ दिए तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउने प्रतिक्रिया दिए ।
प्रतिक्रिया