काबेलीमा डुब्यो स्काभेटर

सोमबार, ०७ असोज २०८१
ताप्लेजुङ / सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित निर्माणाधीन अपर काबेली जल बिद्युत् आयोजनाको स्काभेटर आफैँ अनियन्त्रित भई नजिकै रहेको कावेली खोलामा डुबेको छ । काबेली नदीको माथिल्लो किनारमा काम गर्ने क्रममा बागमती प्रदेश–०१–००४ क २९३० नम्बरको स्काभेटर काबेली खोलमा डुबेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार स्काभेटर चालक स्थानीय अन्दाजी २४ वर्षीय निकेश भट्टराई स–कुशल तैरिएर बाहिर निस्किएका छन् । उनी सकुशल नै रहेका छन् । आइतबार डुबेको सो स्काभेटर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार