इलाम / नाटक ‘घरजम’ इलाममा प्रदर्शन हुने भएको छ । राष्ट्रिय नाटक महोत्सव–२०८१ मा देशभरकै पहिलो भएको नाटक ‘घरजम’ इलामा प्रदर्शन हुने भएको हो ।
साहित्यकार माधव भण्डारीद्वारा लिखित घरजमलाई इलामे कलाकारले रङ्गमञ्चमा उतारेका थिए, सोही नाटक इलाममा प्रदर्शन गर्ने तयारी थालिएको छ ।
नाटक असोज ८ गते देखी १७ गतेसम्म प्रदर्शन गरिने जनाइएको छ ।
हरिप्रसाद–कल्याणी रिमाल राष्ट्रिय नाट्य–सङ्गीत प्रतिष्ठानले एक साताअघि काठमाडौँमा आयोजना गरेको राष्ट्रिय नाटक महोत्सव–२०८१ मा पहिलो भएपछि जिल्ला फर्किएका कलाकारले पहिलो पटक इलाममा नाटक प्रदर्शनको तयारी थालिएको नाटकका निर्देशक अन्वेस थुलुङ्गले बताए । चेतना नाट्य समूह इलामले नाटक प्रस्तुत गर्ने भएको हो । देशभरका ३२ नाटकमध्ये सो नाटक प्रथम भएको हो ।
नाटकमा सरिता राई, भावना खपाङ्गी मगर, सुशान्त चापागाईँ, समीर राई, रेविका तोलाङ्गी, आशिका सोतेम्बा राई र भूमिका सुब्बाले अभिनय गरेका छन् ।
प्रतिक्रिया