पासोमा परिणत बन्दै मेची राजमार्गको भञ्ज्याङ-राजदुवाली खण्ड  

शुक्रबार, ११ असोज २०८१
इलाम : अविरल वर्षाका कारण मेची राजमार्गको माई खोखा भन्ज्याङ सडक खण्डमा जोखिम बढेको छ । इलामको माई खोला राजदुवाली माथिको सडक खण्डमा जोखिम बढेको हो । सो सडक भासिने र दबिने क्रम नरोकिएपछि यात्रु तथा चालकले जोखिम मोलेर यात्रा गरिरहनु परेको छ । सो सडक मर्मतका नाममा करोडौँ खर्च भइसक्यो तर सडकको अवस्था सुधार हैन अझ बिग्रिएको छ । सो ठाउँमा पछिल्लो समय फोटो खिच्नेहरूको भिड नै लाग्छ तर सडक मर्मत गर्न कसैको नजर परेको छैन । सो सडक खण्डको वैकल्पिक सडक निर्माणका लागि चालू आर्थिक वर्षमा योजना आयोगको रातो किताबमा एक करोड रुपियाँ बजेट रहेको उल्लेख छ । रातो किताबमा उल्लेख यो वैकल्पिक मार्गलाई कसरी कताबाट खोल्ने भन्ने कुरालाई तत्काल पहल थालिने उनको भनाई छ । सडक मर्मत नहुँदा हाल पूर्वी पहाडी जिल्ला इलाम सहित पाँचथर र ताप्लेजुङ तीनै जिल्लाका बासिन्दाहरुले कष्टकर यात्रा गर्नु पर्ने बाध्यता छ । इलाम नगरपालिका–१० गोदकको सिमल गोलाईदेखि माइजोगमाई गाउँपालिकामा पर्ने माई बेनी हुँदै इलाम तिल्केनी जोड्ने गरी वैकल्पिक मार्ग जोड्ने गरी यो रकम विनियोजित भएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार