सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर नेपाली कारागार चलान

मंगलबार, १५ असोज २०८१
बागलुङ : सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले आरोपी नेपालीलाई थुनामा राख्ने निर्णय गरेको निमित्त श्रेष्तेदार ऋषिराम रिजालले जानकारी दिए। ‘सहकारी मार्फत बागलुङका नागरिकको एक अर्ब ३८ करोड ११ लाख ६२ हजार सात सय ५५ रुपैयाँ बिगो भराई पाऊँ भनी सरकारी वकिल कार्यालयबाट आएको माग दाबी आरोपी नेपालीलाई थप अनुसन्धानका लागि थुनामा राख्ने निर्णय माननीय जिल्ला न्यायाधीशज्यूबाट भएको छ, ’उनले भने, ‘नेपालीसँगै पक्राउ परेका ओमबहादुर दर्जीलाई भने एक लाख ५० हजार धरौटीमा छाड्ने निर्णय भएको छ।’ मंगलबार भएको थुनछेक बहसबाट पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भएको उनले जानकारी दिए। सोमबार नेपालीको बयान लिइएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार