सशस्त्रले बरामद गर्यो ८ किलो गाँजा

बुधबार, १६ असोज २०८१
विराटनगर । विराटनगरबाट सशस्त्र प्रहरीले मंगलबार राति ८ किलोग्राम गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजा बरामद भएको हो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) जहदा भुटाहाबाट खटिएको इन्सपेक्टर सम्झना देउजा नेतृत्वको टोलीले राति ९ बजेतिर गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्ववन्धु खड्काले नम्बर नखुलेको शंकास्पद मोटरसाइकललाई सशस्त्र प्रहरीले रोक्न खोजेको बताए । सशस्त्रलाई देख्नसाथ मोटरसाइकलमा रहेको झोला फ्यालेर चालक फरार भएको जानकारी उनले दिए । झोला खानतलासी गर्दा ८ किलोग्राम गाँजा बरामद भएको उनको भनाइ छ । खड्काका अनुसार फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको छ । बरामद भएको गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार