उदयपुर : उदयपुरमा श्रीमतीलाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
उदयपुरको ताप्ली गाउँपालिका ४ का ३५ वर्षीय जंगबहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
त्रियुगा नगरपालिका ६ जलजलेस्थितमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज मंगलबार बेलुका सामान्य घरायसी वादविवादको क्रममा आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामालाई खुकुरी प्रहार गरी टाउको गिँडेर हत्या गरेका थिए ।
श्रीमतीको हत्या गरी टाउको बोकेर बजारतिर जाँदै गरेको अवस्थामा तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका तामाङको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया