रविलाई प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्ने ७ जना पक्राउ

शुक्रबार, ३० कार्तिक २०८१
काठमाडौँ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराएर कास्की ल्याइएको राष्ट्रिय स्वतन्त्र पार्टी  सभापति रवि लामिछानेलाई प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका छन् । निषेधित क्षेत्रमा नाराबाजी गर्न लागिएपछि ७ जना रास्वपा कार्यकर्तालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । प्रशासनले प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार