इटहरी । प्रदेश खबरको कार्यकारी सम्पादकमा विवेक रेग्मी नियुक्त भएका छन् । रेग्मीलाई आइतबार नयन एडभरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित प्रदेश खबर डट कमको कार्यकारी सम्पादकको जिम्मेवारी दिएको हो ।
रेग्मी इटहरीमा रहेर एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा आवद्ध छन् ।
नयन एडभरटाइजिङ मिडिया प्रा.लि.का अध्यक्ष पवन अधिकारीले व्यावसायिक पत्रकारिताको उचाईमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससहित कार्यकारी सम्पादक रेग्मीलाई स्वागत गरिएको बताए ।
नवनियुक्त कार्यकारी सम्पादक रेग्मीले पत्रकारिताको व्यावसायिक सीपबाट आगामी दिनमा समाचार कक्षलाई नेतृत्व गर्ने प्रतिबद्धता जनाए । यसअघि रेडियो, पत्रिका र अनलाइन सञ्चारमाध्यममा काम गरेको अनुभव उनीसँग छ ।
आजभन्दा दुई वर्षअघि इटहरीबाट सञ्चालित हुँदै आएको प्रदेश खबरले समाजमा भएगरेका सकारात्मक कुराहरूलाई प्रोत्साहित गर्दै आएको छ भने सत्तालाई खबरदारी गर्दै आएको छ ।
प्रतिक्रिया