इटहरी । इटहरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट वालिकाको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको छ ।
दुर्घटना स्थलमा ठुलो सङ्ख्यामा स्थानीय र प्रहरीको उपस्थिति रहेको छ । दुर्घटनास्थलमा आक्रोशित स्थानीयले अन्य सवारी साधनमा ढुङ्गा मुढा र तोडफोड गरेपछि प्रहरीले हवाई फायर जारी राखेको छ ।
दुर्घटना स्थलमा भेला भएको भिडलाई प्रहरीले तितरबितर पार्ने प्रयास गरिरहेको छ । मृत्यु हुनेमा इटहरीको जनता मावि कक्षा ९ मा अध्ययनरत सम्झना यादव रहेको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरी बाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट बस पूर्ण रूपले जलेको छ ।
दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसलाई खनार चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरू निस्किएर भागेका थिए । अहिले यस क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया