मण्डला थिएटरका कलाकार इलामको श्रीअन्तुमा

बुधबार, ०५ मंसिर २०८१
इलाम : मण्डला थिएटरले इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरेका छन् । कलाको माध्यमबाट नागरिकलाई जलवायु परिवर्तन, बाढी, पहिरो, आगलागी र भूकम्पजस्ता प्राकृतिक प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिने उदेश्यले नाटक प्रदर्शनी गरेको हो । नाटकमा जथाभावी गरिने डोजरे विकासको असर, वन जंलगमा गरिने आगजनी, मापदण्ड पूरा नगरी निर्माण गरिने संरचनाका कारण भुकम्पीय असरलगायतबारे समेटिएको छ । नाटकमा सोमनाथ खनाल, उमेश तामाङ, सागर खाती, मिलन कार्की, रेनु योगी, वेदना राईलगायतका कलाकारहरूको अभिनय रहेको छ । नाटक सम्पन्न भएपछि सूर्योदयका नगर प्रमुख रणबहादुर राईले नाटकले यथार्थलाई चित्रण गरेको बताए । उनले यस्ता नाटकले प्राकृतिक विपत्ति रोक्न सहयोग पुग्ने बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार