उदयपुर १ बाट कांग्रेसका नारायण खड्का निर्वाचित

बुधबार, १४ मंसिर २०७९
दयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. नारायण खड्का निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई २३७९ मतान्तरले पराजित गरेका हुन् । परराष्ट्रमन्त्री समेत रहेका खड्काले ३१ हजार २७० मत पाएका छन् । एमालेकी चौधरीले २८ हजार ८९१ मत पाइन् । राप्रपाका धुर्वकुमार रायमाझीले ३९१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उध्दव अधिकारीले ३४०८ मत पाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार