सुनसरी ४(ख)मा कांग्रेसका हाजी इश्राइल मन्सुरी विजयी

बुधबार, १४ मंसिर २०७९
सुनसरी ४ प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार हाजी इश्राइल मन्सुरी मन्सुरी विजयी भएका छन् । नेकपा एमालेका हाजी अब्बास अन्सारीलाई पराजित गर्दै मन्सुरी प्रदेशसभामा सदस्य पदमा निर्वाचित भएका हुन् । मन्सुरीले १४ हजार ३ सय मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी अब्बास अन्सारीले १२ हजार १ सय ८५ प्राप्त गरेका थिए । विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश नं १ सभापति तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेश सभामा ३९ हजार ७ सय २४ खसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार