सुनसरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा घाइते

मंगलबार, ०२ पुस २०८१
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । पानी तान्ने मोटरबाट करेन्ट लागेर स्थानीय ३८ वर्षीय राजा मेहताको मृत्यु भएको हो । घटनामा उनका १५ वर्षीया छोरा करण मेहता गम्भीर घाइते भएका छन् । करेन्ट लागेर बेहोस भएका राजालाई कोशी अस्पताल विराटनगर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । करणको भने उपचार भइरहेको छ । दुवैजनालाई आफ्नै खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार