पहिलो पाइला नेपालका सामाजिक अभियान अन्तर्गत न्यानो माया अभियान, शिक्षा अभियान, आकस्मिक रक्तदान अभियान, रु १ सङ्कलन अभियान, शीघ्र स्वास्थ्य लाभको कार्ड अभियानका साथै सामाजिक उद्यमशीलता अभियान सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा संस्थाले गरेको सहयोगको सम्मान गर्दै विद्यालयका प्रधानाध्यापक महानिधि तिम्सिनाले विद्यालयका साथै विद्यार्थीमा उत्साह पैदा भएको बताए ।
कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय सह सचिव मिलन लुइँटेल, सहकोषाध्यक्ष दिवस खतिवडा, केन्द्रीय सदस्य खेमराज सापकोटा लगायत पहिलो पाइला नेपाल सुन्दरहरैचा शाखा र विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको संयोजन भने शाखा प्रतिनिधि सुप्रीया सिरालले गरेकी थिइन् ।
प्रतिक्रिया