काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ।
बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदीआज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ ।
प्रतिक्रिया