इटहरी : कोशी प्रदेशका विभिन्न ठाउँमा स्वीकृति नै नलिई कन्सल्टेन्सी सञ्चालन गरिएको नेपाल शैक्षिक परामर्श संघले दाबी गरेको छ ।
नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत जारी शैक्षिक परामर्श तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०६८ तथा ब्रिज कोर्ष तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ अन्तर्गत सेवा सञ्चालनको अनुमति लिनुपर्ने भएपनि सो बमोजिम नलिएको संघले दाबी गरेको हो ।
संघका पूर्वाञ्चल शाखा प्रमुख रवीन्द्र निरौलाका निरौलाका कोशी प्रदेशका विभिन्न सहरमा स्वीकृति नै नलिई उल्लेख्य मात्रामा कन्सल्टेन्सी सञ्चालन गरिरहेको पाइएपछि कोशी प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
स्वीकृति नै नलिई व्यावसाय सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको निरौलाले बताए ।
स्वीकृति नलिएका कन्सल्टेन्सीबाट विद्यार्थीहरू ठगीमा पर्ने, भ्रामक सेवा प्रदान गर्ने र अपारदर्शी रहने उनको जिकिर छ ।
तसर्थ, उक्त विकृतिलाई नियन्त्रणमा लिन कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई ध्यानाकर्षण पत्र बुझाइएको निरौलाले जानकारी दिए ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री राईले यसबारे प्रदेश सरकार गम्भीर रहेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया