प्रकाशकीयः हाम्रो यात्रा निरन्तर

मंगलबार, ०७ चैत्र २०७९
पचारिक रुपमा पाठकमाझ हामी आएको आज महिना पुगेको छ । यो एक महिनाको अवधि धेरै केही गर्न सकिने वा मूल्यांकनको आधार बनाउन सकिने अवधि होइन । तर हामीले सम्पूर्ण रुपमा पाठकलाई सूचित गराउने जमर्को भने थालिसकेका छौं । यही जमर्कोलाई अझ व्यापक स्वरुपमा बढाउने हाम्रो प्रयास अबका दिनमा थप प्रतिबद्धताका साथ अघि बढ्नेछ । ‘प्रदेश खबर’ हामीले स्थानीय विषयवस्तुलाई उजागर गर्ने, लुकेका विषयवस्तुलाई सार्वजनिक जानकारीमा ल्याउने अठोटका साथ सुरु गरेका हौं । देश, विदेशका सूचनामूलक खबरहरु, आर्थिक पाटो, कला र संस्कृतिका पक्षहरु, पर्यटन र विकाससँग जोडएका कुराहरु अनि खेलकुद क्षेत्र हाम्रो नियमित सामग्री हुनेछन् । स्थानीय स्तरका घटनाक्रम, प्रवृत्ति, राम्रा र सकारात्मक प्रयासहरुका साथै विकृतिजन्य क्रियाकलापहरु पनि हाम्रो समाचारको विषयवस्तु बन्दै आएका छन् । अनियमितता र भ्रष्टाचारका विषयमा हामी संकोच नमानी खोजमूलक सामग्री पस्कने छौं । स्थानीय तहका जनप्रतिनिधिलाई जनताप्रति जिम्मेवार बनाउनेतर्फ प्रेरित गर्न पनि हाम्रो खबरदारी जारी नै रहनेछ । अन्यायमा परेका वर्ग र समुदायको आवाजका रुपमा हामी आफूलाई प्रस्तुत गर्नेछौं । यसैगरी विभिन्न विषय र क्षेत्रमा लामो समयसम्म काम गरेर अनुभव हासिल गरेका व्यक्तित्वहरुसँगको कुराकानी पनि हामी नियमित रुपमै प्रस्तुत गर्नेछौं । विषयविज्ञहरुको अनुभवमा आधारित लेख, रचना पनि हामी पस्कनेछौं । यी सबै कामहरुमा हाम्रा समस्त पाठक, शुझेच्छुक एवं विज्ञापनदाताको सहयोग महत्वपूर्ण हुने हामीले ठानेका छौं सदाझैँ हामीले निरन्तर साथ, सहयोग पाउने आशा गरेका छौं । तपाईंहरुको साथ रह्यो भने हामी जस्तो सुकै चुनौतीलाई पनि सहर्ष स्वीकार गरेर अघि बढ्नेछौं । हाम्रा समाचार, विचार र अन्य सामग्रीमा कुनै सुझाव वा टिप्पणी भए हामी सधैं स्वागत गर्नेछौं । तिनले हामीलाई मार्गदर्शन गर्नेमा हामी ढुक्क छौं । आगामी दिनमा हामी सही सूचनासहितको तथ्यपरक सामग्रीबाट पाठकहरुलाई सुसूचित गरिरहने प्रण दोहोर्याउन चाहन्छौं । धन्यवाद ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार