इटहरी : प्रधानमन्त्री केपी शर्मा ओली नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन गर्न शनिबार इटहरी आउँदैछन् ।
शनिबार दिउँसो १ बजे उनी काठमाडौँबाट हवाई टिकटमार्फत विराटनगर आउनेछन् । त्यसपछि उनी इटहरी आउने कार्यक्रम तय भएको हो ।
नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन यसपटक इटहरी जेसीजको आतिथ्यतामा हुँदैछ ।
इटहरी ९ मा रहेको जनता माविको प्राङ्गणमा हुन लागेको महाधिवेशन पुस ८ गतेसम्म सञ्चालन हुनेछ । प्रधानमन्त्री ओली भने शनिबारको उद्घाटन कार्यक्रम सकेर फर्किनेछन् ।
महाधिवेशनमा देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुनेछन् । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् ।
महाधिवेशनका लागि कोशी प्रदेश सरकारले अभिभाकत्व ग्रहण गरेको छ भने इटहरी उपमानगरपालिका संरक्षण रहेको इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीले बताए ।
महाधिवेशनका लागि सुनसरीसहित मोरङका विभिन्न दुई सय वटा होटलको व्यवस्थापन गरिएको उनको भनाइ छ ।
महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । महाधिवेशनमा कूल एक हजार दुई सय ४६ मतदाताले मताधिकार गर्नेछन् ।
प्रतिक्रिया