इटहरी : आजदेखि इटहरीमा हुन लागिरहेको नेपाल जेसीजको महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् ।
कोशी नामकरणपछि असन्तुष्ट बनेका पहिचानवादीहरूले भने उक्त नामकरणको विरुद्धमा आन्दोलन गर्दै आएका छन् । यसैबिच शनिवार प्रधानमन्त्री ओली आउने कार्यक्रममा बिरोध नगर्ने बरु कार्यक्रमको स्वागत गर्ने भएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ इटहरीका अध्यक्ष चिरहाङ राईका अनुसार गत ३ गते बैठक नै बसेर प्रधानमन्त्री ओली आउने कार्यक्रमलाई सघाउने भएको हो ।
महासङ्घमा यहाँका विभिन्न १६ जातिहरू संलग्न छन् । `हामीले कार्यक्रमलाई सघाउने, समर्थन गरेर सहभागिता जनाउने तयारी गरेका छौँ, ´ उनले भने, सफलताको शुभकामना सहित ब्यानर राख्ने निर्णय भएको समेत भएको छ ।
पहिचानको नामकरणको लागि भन्दा पनि समग्र हितको कार्यक्रम भएकाले स्वागत गर्न लागिएको उनले बताए ।
प्रतिक्रिया