पत्रकार मरासिनी जेसीज उत्कृष्ट युवा पुरस्कार–२०२४ बाट सम्मानित

शनिबार, ०६ पुस २०८१
इटहरी : पत्रकार एवं लेखक गोविन्द मरासिनी जुनियर च्याम्बर इन्टरनेसनल नेपाल (जेसीज) उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका हुन् । पत्रकारिता र लेखनकार्यमार्फत पुर्‍याएको योगदानस्वरूप मरासिनीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । इटहरीमा आजबाट सुरू भएको जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मरासिनीलाई प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन कुमार पोखरेलले सम्मानित गरेका हुन् । मरासिनीलगायत अन्य विभिन्न विधाका युवाहरूलाई सम्मानित गरिएको थियो । जेसीजले हरेक वर्ष उत्कृष्ट योगदान पुर्‍याउने १० युवालाई उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल मरासिनीले मुलतः युवा, पर्यटन, सामाजिक, कला र समसामयिक विषयमा अनुसन्धानात्म लेख लेख्दै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार