पाँचथर : फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लवले विजय यात्रा सुरू गरेको छ ।
शनिबार सदरमुकाम फिदिमस्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा प्रतिस्पर्धी भारतको करसाङ फुटबल क्लबलाई पराजित गरेसँगै फिदिम स्पोर्टिङ क्ल्वले एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपमा विजयी यात्रा सुरू गरेको हो ।
यो जीतसँगै अब फिदिम आयोजक क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो ।
ट्राइबेकरमा फिदिमले करसाङलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।
फिदिम स्पोर्टिङका तर्फबाट आशिष चापागाँई, विबिशाल दर्जी, राम वाजी, सुकराज राई र निरोश लिङदेनले गोल गरे । करसाङका तर्फबाट आकाश प्रधान, विशाल भण्डारी, प्रशान्त क्षेत्री र रुष्टम प्रधानले गोल गरे । करसाङका छोङ्ले लामा भने गोल गर्नबाट चुके ।
करसाङका छोङ्लेको गोल रक्षा गरेसँगै फिदिमका गोलरक्षक मिराक खजुम शनिबारको प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
आइतबार मछिन्द्र फुटबल क्लब काठमाण्डौँ र झापा ११ झापाबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले जानकारी दिए ।
प्रतियोगिताको फाइनल पुस १५ गते सम्पन्न हुनेछ । विजेताले १० लाख पाँच सय ५५ रुपैंया र उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैंया प्राप्त गर्नेछन् ।
प्रतिक्रिया