तेह्रथुममा टिकटक बनाउँदा खोलामा लडेर शिक्षिका र विद्यार्थीको घटनास्थलमै मृत्यु

शनिबार, ०६ पुस २०८१
तेह्रथुम : तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु भएको छ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङ्गा खोलाको खोंचमा खसेर शिक्षिका र एक विद्यार्थीको शनिबार अपराह्न मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रूपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको खोँचमा खसेर घटनास्थलमै मृत्यु भएको हो । शनिबारको दिन बिदाको समयमा साथीहरूसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा घुम्न गएका थिए । सोही खोलामा टिकटक बनाउने क्रममा अपराह्न खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार