बर्दघाट : सामाजिक क्षेत्रमा क्रियाशील चौधरी फाउन्डेसनले महिलाहरूलाई वित्तीय साक्षरता तामिल प्रदान गरेको छ ।
साना तथा स्वरोजगार मूलक व्यवसाय गरिरहेका महिलाहरूलाई व्यवसाय सञ्चालनबारे जानकारी दिने उद्देश्यले वित्तीय साक्षरता तालिम प्रदान गरिएको हो ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ बेलहानमा उक्त कार्यक्रम सम्पन्न भएको हो । तालिममा १७ जना महिला सहभागी भएको फाउन्डेसनले जनाएको छ ।
‘उहाँहरूलाई व्यवसाय कसरी राम्रोसँग सञ्चालन गर्ने, आयव्ययको हिसाब किताब कसरी राख्ने, विजिनेस म्यानेजमेन्ट स्कीलका बारेमा आधारभूत तालिम दिइएको हो,’ फाउण्डेसनले भनेको छ ।
चौधरी फाउन्डेसनले नवलपरासीमा महिलाहरूलाई उद्यमशील बनाउन विभिन्न तालिम दिनुका साथै स्वरोजगार मूलक आयआर्जनका कार्यक्रममा सहयोग गर्दै आएको छ ।
‘हामीले ठेलागाडी दिनेदेखि विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ,’ फाउन्डेसनले भनेको छ, ‘उहाँहरूलाई कसरी व्यवसाय राम्रो गर्न सकिन्छ भनेर तालिम दियौँ । उहाँहरू एकदम खुसी हुनुभयो
प्रतिक्रिया