डीआईजी अधिकारीद्धारा मोरङ प्रहरीको निरीक्षण, पदीय दायित्व निर्वाह गर्न निर्देशन

सोमबार, ०८ पुस २०८१
मोरङ : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता” व्यक्त गरे । आज (सोमबार) निरीक्षण भ्रमणको क्रममा उनले जिल्ला प्रहरी कार्यालय मोरङमा रहेका विभिन्न शाखाहरू लगायत हिरासत कक्षको निरीक्षण गरेका हुन् । निरीक्षणपश्चात् प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत इकाई प्रमुखहरूसहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिए । प्रहरी संगठनले दिएको जिम्मेवारी वहन गरी संगठनको अपेक्षा बमोजिम प्रस्तुत हुन र व्यवसायिक जिम्मेवारी वहन गर्दा आईपर्ने समस्या र चुनौतीहरूलाई आफ्नो धर्म र कर्तव्य ठानेर न्यायिक तवरले आफ्नो पदीय दायित्व निर्वाह गर्न उनले निर्देशन दिएका थिए । आफूले हर दुःख, सुखमा कोशी प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरूको साथ र सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई मोरङ जिल्लामा स्वागत गरेका थिए । उनले मोरङको शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना, सुरक्षा चुनौतीहरू र प्रदेश प्रहरी कार्यालयसँगको अपेक्षासहितको प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार