इलाम : यतिबेला अलैँचीको मूल्य १२ वर्ष यताकै उच्च मूल्यमा बिक्री भइरहेको छ ।
१२ वर्षअघि प्रति मन एक लाख ४० हजार पुगेको अलैँची त्यसबीचमा न्यून मूल्यमा खरिद बिक्री भएको थियो ।
हाल अलैँचीको मूल्य आकाशिएको छ । हाल इलाममा अलैँची प्रति मन एक लाख १० हजारदेखि एक लाख १८ हजारसम्ममा कारोबार भइरहेको छ । उच्च गुणस्तरको अलैँची एक लाख १८ हजारसम्म कारोबार भइरहेको हो ।
बजार ल्याउँदा एक लाख १० हजारसम्ममा मात्र कारोबार भएपनि गाउँ–गाउँमा पुग्ने व्यापारीहरूले एक लाख १८ हजारसम्म मूल्य दिने गरेका छन् ।
अलैंचीको मूल्य प्रति मन घटीमा एक लाख १० हजार रुपैयाँसम्ममा कारोबार भइरहेको र यो मूल्य केही दिन यता स्थिर रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।
जिल्लाका सबै पालिकामा यसको खेती हुने गरेको छ ।
प्रतिक्रिया