फाल्गुनन्द गोल्डकप : आयोजकसँग आर्मी स्तब्ध

सोमबार, ०८ पुस २०८१
पाँचथर : पाँचथरमा जारी ११ औँ फाल्गुनन्द गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब स्तब्ध बनेको छ । आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिमले टाइब्रेकरमा ४–२ गोल अन्तरले विजयी भएको हो । निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा खेल टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । फिदिमका लागि आशिष चापागाई, विशाल दर्जी, राम वाजी र निरोज लिङ्देनले गोल गरेका थिए । फिदिमका शुक्रराज राईको प्रहार आर्मीका गोल रक्षक नवीन परियारले रोक्न सफल भए । यता, आर्मीको लागि निरजकुमार घिसिङ र सन्तोष केसीले मात्र गोल गरे । सुजित शाही र सिद्धान्त चौधरीको प्रहार फिदिमका गोलरक्षक मिराक खजुमले रोके । खेलको म्यान अफ दि म्याच फिदिमका डिफ्रेन्डर विशाल घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ र उपविजेता हुने टिमले नगद पाँच लाख लाख पाँच सय ५५ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार