कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ पहिलो सातादेखि गर्ने तयारी

सोमबार, ०८ पुस २०८१
इटहरी : कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ पहिलो सातादेखि गर्ने तयारी थालिएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघको पहिलो सातादेखि गर्ने तयारी थालिएको हो । प्रदेश सभालाई आवश्यक बिजनेस दिनका लागि एक वटा विधेयक संसदमा दर्ता भएको र अन्य तीन वटा विधेयक मन्त्रीपरिषदबाट पारित गरेर सो समयावधिसम्ममा संसद् सचिवालयमा दर्ताका लागि लगिने भण्डारीले जानकारी दिए । अधिवेशनमा सरकारले यसअघि जारी गरेको अध्यादेशको प्रतिस्थापन विधेयकहरू पनि संसद्को लगिने उनले बताए । प्रदेशसभाको बजेट अधिवेशन गत असोज ४ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार