बैकिङ्ग कसुर आरोपमा विराटनगर १२ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

सोमबार, ०८ पुस २०८१
विराटनगर : विराटनगर महानगरपालिका १२ का वडाध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैंकिङ कसुर आरोपमा प्रहरीले कामतलाई पक्राउ गरेको हो । मोरङको जहदा ३ का वडाध्यक्ष अनिलकुमार ठाकुरका बुबा गुरुदयानन्द ठाकुरले कामतविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा मंसिर २५ गते मोरङ अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार पाँच लाखको चेक बाउन्स भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उनलाई आज (सोमबार) पक्राउ गरेको हो । पक्राउ परेका कामतलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार