अपराधको पराकाष्ठा : मोरङमा हात, खुट्टा बाँधेर युवतीमाथि बलात्कार !

मंगलबार, ०९ पुस २०८१
मोरङ : मोरङमा एक युवती हात, खुट्टा बाँधिएको अवस्थामा अचेत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीका अनुसार जिल्लाको कटहरी २ स्थितमा २३ वर्षीया युवती अचेत अवस्थामा भेटिएकी हुन् । खेतको छेउमा रहेको बाँसको झ्याङ नजिकै हात, खुट्टा बाँधेको र मुखमासमेत पट्टी बाँधेको अवस्थामा युवतीलाई आज (मंगलबार) दिउँसो साढे १२ बजेतिर अचेत अवस्थामा फेला पारिएको जोशीले जानकारी दिए । ‘स्थाीयले प्रहरीलाई खबर गरेपछि तत्कालै प्रहरी घटनास्थलमा पुगेर उद्धार गरेको थियो,’ जोशीले भने, ‘हामीले घटनास्थलबाट उद्धार गरी पीडितको उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरेका छौँ ।’ घटनाको प्रकृति हेर्दा बलात्कार भएको हुनसक्ने उनले बताए । ‘घटनाको प्रकृति हेर्दा बलात्कार भएकोजस्तो देखिन्छ । यद्यपि, हो नै भन्न सक्ने अवस्था छैन,’ उनले प्रदेश खबरसँग भने, ‘स्वास्थ्य परीक्षणको रिपोर्ट र थप अनुसन्धानपछि वास्तविकता खुल्छ ।’ उनको स्वास्थ्यमा अहिले केही सुधार आएको छ । बलात्कारको अनुमान गरिएपनि अस्पतालको रिपोर्ट नआइकन प्रहरीले यसै भन्न नसक्ने उनको भनाइ छ । ‘हामीले अनुसन्धान गरिरहेका छौँ । सबै डिटेल आएपछि तथ्य सार्वजनिक गर्छौँ,’ उनले भने । उनले घटनाबारे सुक्ष्म ढंगबाट अनुसन्धान सुरू गरिएको जानकारी दिए । पीडित युवतीकी दिदीका अनुसार मंगलबार बिहान उनी घरबाट मर्निङ वाकका लागि निस्किएकी थिइन् । बाँस झ्याङमा कसैले नदेख्ने स्थानमा लगेर हात, खुट्टा बाँधेर मुखमा पट्टीसमेत लगाएपछि बलात्कार भएको उनले बताइन् । उनले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको माग गरिन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार