रानी–धरान सडक कालोपत्र हुने

मंगलबार, ०९ पुस २०८१
विराटनगर : विराटनगर महानगरपालिकाले विराटनगर–४ राजवंशी चोक पश्चिम पुल चोकदेखि वडा नं. १३ को रानी–धरान सडकलाई कालोपत्र गर्ने भएको छ । नहरको डिल हुँदै निर्मित उक्त सडक करिब चार करोडको लागतमा कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्र अनुसार ऐसी–सिसी र एलसी जेभीले तीन करोड ८२ लाखमा ठेक्का सम्झौता गरी काम सुरु गरिसकेका छन् । महानगरले सो सो सडकका लागि आवश्यक बजेट आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने प्रमुख नागेश कोइरालाले जानकारी दिए । सडक निर्माणपछि धरान–विराटनगर सडकमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए कम हुने प्रमुख कोइरालाको भनाइ छ । गत भदौ ६ गते ठेक्का सम्झौता भएको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ । ठेक्का सम्झौता अनुसार पाँच दशमलव पाँच किलोमिटर सडक कालोपत्र हुनेछ । यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्र भइसकेको छ । आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार