भोजपुर : भोजपुरमा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ मा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको हो ।
षडानन्द नगरपालिका वडा न २ ताँबुटारका अन्दाजी ३१ वर्षको धर्मराज राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
एकाआपसमा सामान्य विवाद भएपछि कुटपिट भएको खुलेको छ ।
कुटपिटमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया