बुधबार घट्यो सुनको मूल्य, तोलाको कति ?

बुधबार, १० पुस २०८१
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक सय रुपैयाँले घटेर एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १८०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २८ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५४३ रुपैयाँ कायम भएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार