सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ११ पुस २०८१
काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। मूल्य बढे सँगै आज सुन तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य हिजोकै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार