फाल्गुनन्द गोल्डकप : मछिन्द्र फुटबल क्लब फाइनलमा

शनिबार, १३ पुस २०८१
पाँचथर : मछिन्द्र फुटबल क्लब काठमाण्डौँ फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धी न्यू रोड टिम (एनआरटी) लाई पाखा लगउँदै मछिन्द्र फुटबल क्लब ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधी नजिक पुगेको हो । शनिबार फिदिम माविको खेल मैदानमा सम्पन्न सेमिफाइनलमा मछिन्द्रका तर्फबाट दयानन्द इङ्लाबाङले गरेको गोल नै मछिन्द्रका लागि पर्याप्त बन्यो । उनले खेल सुरू भएको १० मिनेटमै १ गोल गरेका थिए । एनआरटीले पटकपटक प्रयास गरेपनि गोल गर्न चुक्यो । उक्त गोल नै निर्णायक बन्यो । यो जीतसँगै मछिन्द्रले अब सोमबार उपाधीका लागि चर्च ब्वाइज क्लब काठमाण्डौँसँग उपाधीका लागि भिड्ने निश्चित भएको छ । शनिबारको खेलमा मच्छिन्द्र फुटबल क्लबका देवेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे । पुष ६ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख पाँच सय ५५ रुपैंया र उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ प्रदान गरिने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार